arin enterprises

छत्रपाटी चिकित्सालयलाई एनआरटीबाट ५ लाख सहयोग

SamacharDesk – बिराज | २०७८ जेठ ९, आइतबार

छत्रपाटी निःशुल्क चिकित्सालयलाई न्यूरोड टीम (एनआरटी) ले नगद रु ५ लाख सहयोग प्रदान गरेको छ । महामारीको अवस्थामा कोभिड अस्पताल संचालन गर्न एनआरटीले छत्रपाटी चिकित्सालयलाई सहयोग प्रदान गरेको हो ।

क्लबका पदाधिकारीहरु अस्पतालमै पुगेर अस्पतालका अध्यक्ष डा. मनोजमान श्रेष्ठलाई ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका थिए ।

सो अवसरमा अस्पतालका अध्यक्ष डा. मनोजमान श्रेष्ठले स्थानीय वासिन्दालाई सस्तो र गुणस्तरीय उपचार दिन अस्पताल प्रयासरत रहेको बताउनुभयो ।

‘अहिलेको अवस्था जटिल छ, महामारीको अवस्थामा काठमाडौंको भित्री बस्तीका बासिन्दालाई अस्पताल जानुपरे समस्या नहोस् भन्ने सोचमा हामी छौं, स्थानीय संघसंस्थासँगको सहकार्यमै हामीले लक्ष्य प्राप्त गर्न सक्छौं’ अध्यक्ष श्रेष्ठले भन्नुभयो ।

एनआरटी फुटबल क्षेत्रमा ख्यातिप्राप्त क्लब हो ।

छत्रपाटी निःशुल्क चिकित्सालय अस्पतालले कोभिड अस्पताल संचालन गर्न लागेको छ । ४० बेडको कोभिड अस्पताल संचालनको तयारी अन्तिम चरणमा पुगेको छ ।

Categorized in समाज