ह्यारी केनलेलाई गोल्डेन बुट अर्वाड
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ जेठ १०, सोमबार

टोटेनहमका र इंग्ल्यान्डको स्ट्राइकर ह्यारी केनले इंग्लिस प्रिमियर लिगको गोल्डेन बुट अर्वाड जितेका छन् ।
यस सिजन प्रिमियर लिगमा सर्वाधिक गोलकर्ता बन्दै केनले गोल्डेन बुट जितेको हो ।
आइतबार राति लेष्टर सिटीमाथि ४–२ को जित निकाल्दा केनले एक गोल गर्दै यस सिजन आफ्नो २३ गोल पूरा गरे ।
उनले लिभरपुलका मोहमद सलाहलाई पछि पार्दै यस अवार्ड जितेका हुन् । सलाहले २२ गोल गरेका छन् ।
यो केनले तेस्रो पटक गोल्डेन बुट अवार्ड जितेका हुन् । यस्तै उनले प्रिमियर लिगको प्लेमेकर अवार्ड समेत जितेका छन् ।
Categorized in स्पाेर्ट्स
