उपत्यकामा २ हजार ३२४ संक्रमित थपिँदा ४ हजार ४९८ संक्रमणमुक्त
SamacharDesk – बिकाश | २०७८ जेठ १४, शुक्रबार

काठमाडौंमा पछिल्लो पटक कोभिड १९ का २ हजार ३२४ जना संक्रमित थप भएका छन् । काठमाडौंमा एक हजार ७९६, ललितपुरमा ३१५ र भक्तपुरमा २१३ जनामा संक्रमण पुष्टि भएको हो ।
उपत्यकामा हालसम्म २ लाख ३७ हजार ९४२ जनालाई कोभिड १९ संक्रमण भइसकेको छ ।
तीमध्ये ८७ दशमलव ३२ प्रतिशत संक्रमित निको भइसकेका छन् । हालसम्म २ लाख ७ हजार ७७८ जना संक्रमित संक्रमणमुक्त भइसके । पछिल्लो २४ घण्टामा ४ हजार ४९८ जना संक्रमित संक्रमणमुक्त भएका छन् ।
हाल उपत्यकामा २७ हजार ८६५ जना सक्रिय संक्रमित छन् । विभिन्न संस्थागत आइसोलेसनमा उपचाररत संक्रमितमध्ये एक हजार ५५४ जनालाई जनरल/एचडियूमा उपचार गरिँदैछ भने आइसीयूमा रहेका ४३५ मध्ये १८२ जना भेन्टिलेटरमा छन् ।
उपत्यकामा थप ३४ जना संक्रमितको मृत्यु भएको छ । काठमाडौंमा २४, ललितपुरमा ७ र भक्तपुरमा ३ जना संक्रमितको मृत्यु भएको छ । उपत्यकामा कोभिड १९ संक्रमणका कारण हालसम्म २ हजार २९८ जनाको मृत्यु भएको छ ।
Categorized in समाज