arin enterprises

म्यानचेस्टर सिटीलाई हराउँदै चेल्सी च्याम्पियन

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ जेठ १६, आइतबार

इंग्लिस क्लब चेल्सीले यूईएफए च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ ।

शनिबार राति भएको फाइनल खेलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई १–० गोलले पराजित गर्दै चेल्सी च्याम्पियन बनेको हो ।

पोर्चुगलको पोर्टोस्थित स्टाडियो डो ड्रागाओ स्टेडियममा खेलेको खेलमा चेल्सीलाई जित दिलाउन काइ हाभर्ट्जले निर्णायक गोल गरे । उनले खेलको मासन माउन्टको पासमा ४३ औं मिनेटमा हाभर्ट्जले निर्णायक गोल गरेका हुन् । जुन गोल चेल्सीको जितमा निर्णायक बन्यो ।

यससँगै चेल्सीले दोस्रो पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ । यस अघि चेल्सीले सन् २०१२ मा उपाधि जितेको थियो ।

यस्तै सिटीले आहिलेसम्म च्याम्पियन्स लिगको उपाधि जित्न सकेको छैन । सिटी यस सिजन पहिलो पटक फाइनल पुगेको हो ।

यो जर्मन प्रशिक्षक थोमस टुचेलको पहिलो च्याम्पियन्स लिग उपाधि हो । उनले क्लब आएकै सिजन चेल्सीलाई च्याम्पियन्स लिगको उपाधि दिलाएको हो ।

यसअघि टुचेलले फ्रेन्च क्लब पीएसजीलाई च्याम्पियन्स लिगको फाइनलमा पुर्राएका थिए । तर, फाइनलमा पीएसजी बायर्न म्युनिखसँग पराजित भएको थियो ।

यो सँगै टुचेल दुई फरक क्लबबाट लगातार दुई सिजन च्याम्पियन्स लिगको फाइनल पुग्ने पहिलो प्रशिक्षक हुन् ।

Categorized in स्पाेर्ट्स