आईपीएलको बाँकी खेलहरु युएईमा हुने
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ जेठ १६, आइतबार

ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको बाँकी खेलहरु युएईमा हुने भएको छ ।
बीसीसीआईले शनिबार एक विज्ञप्ति जारी गर्दै आईपीएलको बाँकी खेलहरु सेप्टेम्बर देखि अक्टोबरसम्म युएईमा हुने जनाएको हो ।
केही समय अघि भारतमा कोरोना भाईरसको दोस्रो लहरको संक्रमण बढेसँगै आईपीएल अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।
बीसीसीआईले बाँकी रहेको ३१ खेलहरु २५ दिन भित्र सक्ने योजना बनाएको छ ।
अंक तालीकामा हाल दिल्ली क्यापिटल्स शीर्ष स्थानमा रहेको छ । दिल्लीले ८ खेलमा १२ अंक जोडेको छ ।
यस्तै चेन्नई दोस्रो र बैंगलोर तेस्रो स्थानमा रहेको छ ।
Categorized in स्पाेर्ट्स