arin enterprises

युरोकपको लागि इंग्ल्यान्डको टिम घोषणा

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ जेठ १९, बुधबार

युरोकप २०२० को लागि इंग्ल्यान्डले २६ सदस्यीय अन्तिम टिम घोषणा गरेको छ ।

इंग्लिस मुख्य प्रशिक्षक गारेथ साउथगेटले युरोपियन च्याम्पियन्स लिग र युरोपा लिगको फाइनलपछि मंगलबार २६ सदस्यीय टिम घोषणा गरेको हो ।

गत साता  इंग्ल्यान्डले घोषणा गरेका प्रारम्भिक चरणमा रहेका ३३ खेलाडीबाट युरोकप खेल्ने २६ सदस्सीय टिमको घोषणा गरेको हो ।

आगामी जुलाई ११ देखि हुने युरो २०२०कप मा इंग्ल्यान्ड क्रोएसिया, स्कटल्यान्ड र चेक गणतन्त्रसँगै समूह ‘डी’  मा छ ।

इंग्लिस टिम

गोलकिपर :  डिन हेन्डर्सन, साम जोनस्टोन, जोर्डन पिकफोर्ड

डिफेन्डर :  जोन स्टोन्स, लुक शा, ह्यारी माग्युर, ट्रेन्ट अलेक्जेन्डर अर्नोल्ड, केल वाकर, ट्योरोन मिङ्ग्स, रेस जेम्स, कोनर कोएडी, बेन चिलवेल, केइरन ट्रिपियर

मिडफिल्डर :  मासन माउन्ट, डेक्लान राइस, जोर्डन हेन्डर्सन, जुडे बेलिङघम, फिल फोडेन, ज्याक ग्रिलिस, केल्भिन फिलिप्स, बुकायो साका 

फरवार्ड : ह्यारी केन, मार्कस रास्फोड, रहिम स्टर्लिङ, डोमिनिक कल्भर्ट लेविन, जाडोन सान्चो

Categorized in स्पाेर्ट्स