arin enterprises

उपत्यकामा २ हजार ५७ नयाँ संक्रमित थप

SamacharDesk – बिकाश | २०७८ जेठ २०, बिहिबार

काठमाडौं उपत्यकामा कोभिड १९ का २ हजार ५७ जना नयाँ संक्रमित थप भएका छन् ।

पछिल्लो परिक्षणबाट काठमाडौंमा एक हजार ६३०, ललितपुरमा २९८ र भक्तपुरमा १२९ जनामा संक्रमण पुष्टि भएको हो ।

उपत्यकामा कोभिड संक्रमण हुनेको कुल संख्या साढे २ लाखको नजिक रहेको छ । उपत्यकामा हालसम्म २ लाख ४६ हजार ५४० जनालाई कोभिड संक्रमण भइसकेको छ ।

तीमध्ये ८९ प्रतिशत संक्रमणमुक्त भइसकेका छन् । उपत्यकाका कुल संक्रमितमध्ये २ लाख १९ हजार ५०७ जना संक्रमणमुक्त भइसकेका छन् । पछिल्लो पटक २ हजार ८७ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

हाल उपत्यकामा २४ हजार ५९६ जना सक्रिय संक्रमित उपचाररत छन् । एक हजार ३७४ संक्रमित जनरल एचडियूमा वार्डमा छन् भने आइसीयूमा उपचाररत ४२३ मध्ये १७३ जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिँदैछ ।

गएको २४ घण्टामा काठमाडौंमा १३, ललितपुरमा ६ र भक्तपुरमा एक जना गरी काठमाडौं उपत्यकामा २० जनाको कोभिड संक्रमणका कारण मृत्यु भएको छ । उपत्यकामा हालसम्म २ हजार ४३७ जना संक्रमितको मृत्यु भइसकेको छ । 

Categorized in समाज