उपत्यकामा एक हजार ३८४ थप, २ हजार ३२० निको
SamacharDesk – बिकाश | २०७८ जेठ २१, शुक्रबार

पछिल्लो पटक काठमाडौं उपत्यकामा कोभिड १९ एक हजार ३८४ जना नयाँ संक्रमित भेटिएका छन् ।
काठमाडौंमा ८९७, ललितपुरमा २९९ र भक्तपुरमा १८८ जना नयाँ संक्रमित भेटिएका छन् । उपत्यकामा हालसम्म २ लाख ४७ हजार ९२४ जनालाई कोभिड संक्रमण भइसकेको छ ।
पछिल्लो पटक उपत्यकामा २ हजार ३२० जना संक्रमित निको भएर घर फर्केका छन् ।
हालसम्म २ लाख २१ हजार ८२७ जना संक्रमित निको भइसकेका छन् । उपत्यकामा संक्रमण निको हुनेको दर ८९ दशमलव ४७ प्रतिशत रहेको छ ।
उपत्यकामा उपचाररत सक्रिय संक्रमितको संख्या २३ हजार ६२४ रहेको छ । तीमध्ये एक हजार ३६४ जना जनरल/एचडियूमा उपचाररत छन् भने आइसीयूमा उपचाररत ४२४ जनामध्ये १६८ जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिँदैछ ।
उपत्यकामा थप ३६ जना संक्रमितको मृत्यु भएको छ । काठमाडौंमा २५, ललितपुरमा ९ र भक्तपुरमा २ जनाको कोभिड संक्रमणका कारण मृत्यु भइसकेको छ ।
Categorized in समाज