उपत्यकामा ९० प्रतिशत बढि संक्रमणमुक्त
SamacharDesk – बिकाश | २०७८ जेठ २२, शनिबार

काठमाडौं उपत्यकामा पछिल्लो पटक थप हुने कोभिड १९ का नयाँ संक्रमितको संख्या हजारभन्दा तल रहेको छ ।
जम्मा ९३७ जना नयाँ संक्रमित थप भएका छन् । काठमाडौंमा ७२३, ललितपुरमा १४१ र भक्तपुरमा ७३ जनामा संक्रमण पुष्टि भएको हो । उपत्यकामा हालसम्म २ लाख ४८ हजार ८६१ जनालाई कोभिड संक्रमण भइसकेको छ ।
पछिल्लो २४ घण्टामा उपत्यकामा २ हजार ४९५ जना संक्रमित संक्रमणमुक्त हुन सफल भएका छन् । उपत्यकामा हालसम्ममा २ लाख २४ हजार ३२२ जना संक्रमितले भाइरसलाई परास्त गर्दै संक्रमणमुक्त भएका छन् ।
उपत्यकामा संक्रमण निको हुनेको दर ९० दशमलव १३ प्रतिशत रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा हालसम्म कोभिड १९ का कारण मृत्यु हुनेको संख्या २ हजार ४८५ पुगेको छ ।
Categorized in समाज