उपत्यकामा एक हजार १३१ संक्रमित थप
SamacharDesk – बिकाश | २०७८ जेठ २३, आइतबार

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कोभिड १९ का एक हजार १३१ जना संक्रमित थप भएका छन् ।
काठमाडौंमा ७३१, ललितपुरमा २५४ र भक्तपुरमा १४६ जना नयाँ संक्रमित भेटिएका हुन् । उपत्यकामा हालसम्म २ लाख ४९ हजार ९९२ जना कोभिड १९ बाट संक्रमित भइसके ।
पछिल्लो पटक एक हजार ७३० जना संक्रमित निको भइसकेका छन् । उपत्यकामा हालसम्म २ लाख २६ हजार ०५२ जना संक्रमित संक्रमणमुक्त भइसकेका छन् ।
उपत्यकामा संक्रमण निको हुनेको दर ९० दशमलव ४२ प्रतिशत पुगेको छ ।
उपत्यकामा हाल २१ हजार ४२७ जना सक्रिय संक्रमित उपचाररत छन् । तीमध्ये एक हजार २६८ जना जनरल/एचडियू वार्डमा उपचाररत छन् भने आइसीयूमा उपचाररत ४३१ जनामध्ये १७१ जना भेन्टिलेटरमा छन् ।
उपत्यकामा थप १८ जना संक्रमितको मृत्यु भएको छ । पछिल्लो पटक काठमाडौंमा ८, ललितपुरमा ७ र भक्तपुरमा ३ जना संक्रमितको मृत्यु भएको हो । योसँगै उपत्यकामा कोभिड संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या २ हजार ५१३ पुगेको छ ।
Categorized in समाज