संक्रमण निको हुनेको दर ८५ प्रतिशतको नजिक
SamacharDesk – बिकाश | २०७८ जेठ २५, मंगलबार

नेपालमा पछिल्लो २४ घण्टामा कोभिड १९ का ५ हजार १५३ जना नयाँ संक्रमित भेटिएका छन् । आरटी पिसिआर परिक्षणमा ३ हजार ८७० र एन्टिजेन परिक्षणमा एक हजार २८३ जनामा संक्रमण पुष्टि भएको हो ।
परिक्षण संख्याको आधारमा २९ दशमलव १५ प्रतिशतमा संक्रमण पुष्टि भएको हो ।
तीमध्ये १०५ जना १० वर्ष मुनिका बालबालिकाहरु छन् भने ३३८ जना ११ देखि २० वर्ष उमेर समूहका छन् । नेपालमा हालसम्म ६ लाख ११ हजार ३०८ जनालाई कोभिड संक्रमण भइसकेको छ ।
हाल ८२ हजार ७३६ जना सक्रिय संक्रमित उपचाररत छन् । ७६ हजार ५५० जना संक्रमित होम आइसोलेसनमा छन् भने ६ हजार १८६ जना विभिन्न संस्थागत आइसोलेसनमा उपचाररत छन् ।
आइसीयूमा उपचाररत एक हजार ३२१ जनामध्ये ३७२ जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिँदैछ ।
थप ६ हजार ५७० जना संक्रमितले कोरोना भाईरसलाई परास्त गर्दै निको हुन सफल भएका छन् । हालसम्म ५ लाख ४ हजार ५३० जना संक्रमित निको भइसकेका छन् ।
संक्रमण निको हुनेको दर ८५ प्रतिशतको नजिक पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको सूचना अनुसार नेपालमा संक्रमण निको हुनेको दर ८४ दशमलव ७ प्रतिशत रहेको छ ।
थप १०८ जना संक्रमितको मृत्यु भएसँगै कोभिडका कारण मृत्यु हुनेको संख्या ८ हजार नाघेको छ । कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ हजार ९८ पुगेको छ ।
Categorized in राष्ट्रिय