arin enterprises

युनाइटेड नेवाःबाट छत्रपाटी अस्पताललाई सहयोग

SamacharDesk – बिराज | २०७८ जेठ २५, मंगलबार

अमेरिकी राज्य टेक्सासको डल्लास शहरका नेवारहरूको संगठन युनाइटेड नेवाः युएसएले छत्रपाटी निःशुल्क चिकित्सालय अस्पताललाई आर्थिक सहयोग उपलब्ध गराएको छ ।

कोभिड संक्रमितहरूको निःशुल्क उपचारको लागि अस्पताललाई सहयोग स्वरुप रु. १५ लाख ६३ हजार ८७५ तका ९० पैसा प्रदान गरेको हो ।

अस्पताल परिसरमा युनाइटेड नेवाःका अध्यक्ष महेन्द्र मानन्धरले अस्पतालका अध्यक्ष डा. मनोजमान श्रेष्ठलाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभयो ।

उक्त अवसरमा युनाइटेड नेवाःका अध्यक्ष महेन्द्र मानन्धरले अमेरीकामा बसोबास गरिरहेका नेपालीहरूबाट संकलित उक्त रकम अस्पताललाई हस्तान्तरण गरिएको बताउनुभयो ।

त्यस्तै उपाध्यक्ष शैलेन्द्र मानन्धरले भविष्यमा पनि यस्तो सहयोग गरिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

Categorized in समाज