arin enterprises

१५ वडाका युवाहरुबाट खोप केन्द्रको अनुगमन

SamacharDesk – बिराज | २०७८ जेठ २५, मंगलबार

आजबाट काठमाडौं महानगरका ३२ वटै वडामा ६० देखि ६५ वर्ष उमेर समूहका नागरिकको लागि चाइनिज खोप भेरोसिल दिन शुरु गरिएको छ । काठमाडौं महानगरपालिका १५ वडाको खोप केन्द्र स्वयम्भुस्थित भुइखेलमा संचालन गरिएको छ ।

नेकपा एमाले कामपा १५ वडा कमिटी र राष्ट्रिय युवा संघ नेपाल कामपा १५ वडा कमिटीले संयुक्त रूपमा उक्त खोप केन्द्रको स्थलगत निरीक्षण गरेको छ ।

सो क्रममा उक्त खोप केन्द्रमा निकै व्यवस्थित ढङ्गले खोप लगाउँदै गरेको पाइएको नेकपा एमाले क्षेत्र नं ८ का सचिव उदय पसखलःले बताउनुभयो ।

राष्ट्रिय युवा संघ १५ वडा कमिटीका अध्यक्ष किसन डंगोलले आवश्यक परेको खण्डमा संघ कमिटीका युवाहरु खोप केन्द्रमा स्वयंसेवकको रूपमा परिचालन हुन तयार रहेको जानकारी गराउनुभयो ।

अनुगमनमा नेकपा एमाले कामपा महानगर कमिटी सदस्य लक्ष्मण शाही, नेकपा एमाले महानगर सदस्य उद्दव खड्गी, संघ १५ वडा कमिटीका अध्यक्ष किसन डंगोललगायतको उपस्थिति रहेको थियो ।  

Categorized in समाज