arin enterprises

शताब्दी पुरूष जोशीको स्वास्थ्यमा सुधार आउँदै

SamacharDesk – बिजयरत्न | २०७८ जेठ २८, शुक्रबार

वाङमय शताब्दी पुरूष संस्कृतिविद् डा.सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार आउँदै गरेको बताइएको छ ।

मुटुमा समस्या देखिएपछि बुधवार किस्ट अस्पताल भर्ना भएका जोशीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार आइरहेको अस्पताल श्रोतले जनाएको हो ।

गत बुधबार छाती दुख्न र पोल्न थालेपछि डा.जोशीलाई अस्पताल पुर्‍याइएको थियो । आवश्यक औषधी चलाइएपछि करीब आधा घन्टापछि नै उहाँलाई आराम हुन थालेको बताइएको छ ।

अस्पतालका निर्देशक प्रा. डा. सुरज बज्राचार्यका अनुसार जोशीले बुधवारै घर जाने इच्छा देखाएका थिए । तर विशेष उपचार भइरहेको हुँदा उहाँलाई पूर्ण रूपमा आराम भएपछि मात्र घर पठाइने बज्राचार्यले बताउनुभयो ।

डा.जोशी र उहाँकी धर्मपत्नी राधादेवी जोशीले किस्ट मेडिकल कलेजका विद्यार्थीको अध्ययन र शोधका लागि आआफ्नो शरीर मरणोपरान्त समर्पण गर्नुभएको छ । डा.जोशी गत वैशाख ३० गते १०२ वर्षमा प्रवेश गर्नु भएको हो ।

Categorized in समाज