उपत्यकामा एक हजार १४० संक्रमित थप
SamacharDesk – बिकाश | २०७८ जेठ २८, शुक्रबार

काठमाडौं उपत्यकामा पछिल्लो पटक कोभिड १९ का एक हजार १४० जना नयाँ संक्रमित थपिएका छन् । काठमाडौंमा ९२१, ललितपुरमा १६३ र भक्तपुरमा ५६ जना नयाँ संक्रमित भेटिएका हुन् ।
उपत्यकामा हालसम्म २ लाख ५५ हजार १५२ जनालाई कोभिड संक्रमण भइसकेको छ ।
तीमध्ये २ लाख ३५ हजार ५५७ जना संक्रमणमुक्त पनि भइसके । पछिल्लो २४ घण्टामा एक हजार ९३४ जना संक्रमित निको हुँदै डिस्चार्ज भएका छन् ।
उपत्यकामा उपचाररत सक्रिय संक्रमितको संख्या १६ हजार ९९१ रहेको छ । विभिन्न संस्थागत आइसोलेसनमा उपचाररत संक्रमितमध्ये एक हजार ५९ जनालाई जनरल/एचडियूमा राखेर उपचार गरिँदैछ ।
आइसीयूमा उपचाररत ३७२ मध्ये १६३ जना भेन्टिलेटरमा छन् ।
गएको २४ घण्टामा काठमाडौंमा ७, ललितपुरमा २ जना गरी उपत्यकामा ९ जना संक्रमितको मृत्यु भएको छ । उपत्यकामा कोभिड संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या २ हजार ६०४ पुगेको छ ।
Categorized in समाज