arin enterprises

लोभाकियासँग पोल्याण्ड पराजित

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ आषाढ १, मंगलबार

युरोकपमा लोभाकियासँग पोल्याण्ड पराजित भएको छ ।

सोमबार राति १० खेलाडीमा समेटिएको पोल्याण्डलाई स्लोभाकियाले २–१ गोलले पराजित गरेको हो  ।

रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा भएको खेलको १८ औं मिनेटमा पोल्याण्डका गोलकिपर वजचिएक सेचेज्नीको आत्मघाती गोलबाट स्लोभाकियाले अग्रता बनाएको थियो ।

खेलको ४६ औं मिनेटमा कारोल लिन्टीले गोल गर्दै पोल्याण्डलाई १–१ गोलको बराबरीमा फर्काए ।

६२ औं मिनेटमा पोल्याण्डका मिडफिल्डर ग्रेगोर्ज क्रिचोवियकले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि पोल्याण्ड १० खेलाडीमा समेटिएको थियो ।

त्यसपछि खेलको ६९ औं मिनेटमा मिलान स्क्रिनरले गोल गर्दै स्लोभाकियालाई २–१ को जित दिलाए ।

यो जितसँगै स्लोभाकियाले ३ अंक जोडेदै समूह ‘इ’ शीर्ष स्थानमा रहेको छ भने पोल्याण्ड अंक विहीन समूह पुछारमा रहेको छ ।

 

Categorized in स्पाेर्ट्स