arin enterprises

रोनाल्डोको नयाँ कीर्तिमानसँगै पोर्चुगलको सान्दार सुरुवात

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ आषाढ २, बुधबार

साविक विजेता पोर्चुगलले कप्तान क्रिस्टियानो रोनाल्डोको नयाँ कीर्तिमानसँगै युरोकपमा सान्दार सुरुवात गरेको छ ।

मंगलबार पुस्कास एरिनामा भएको खेलमा हंगेरीलाई ३–० गोलले पराजित गर्दै पोर्चुगलले सान्दार सुरुवात गरेको हो ।

घरेलु टिम हंगेरीले पहिलो हाफमा पोर्चुगललाई बराबरीमा रोकेको थियो । तर दोस्रो हाफको अन्तिम १० मिनेट भित्र पोर्चुगलले तीन गोल गरे ।

खेलको ८४ औं मिनेटमा  राफायल गुइरेरोले गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाए । ८७ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै टिमको अग्रता दोब्बर बनाए । त्यसपछि खेलको इन्जुरी समयको दोस्रो मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई ३–० को जित दिलाए ।

यो दुई गोलसँगै कप्तान रोनाल्डोले युरोकपमा सर्वाधिक गोल गर्ने खेलाडीको नयाँ कीर्तिमान बनाएका छन् । उनले युरोकपमा ११ गर्दै कीर्तिमान बनाएका हुन् । रोनाल्डोले फ्रान्सका मिचेल प्लाटिनीले गरेको ९ गोलको कीर्तिमान तोडेका छन् ।

साथै ३६ वर्षीय रोनाल्डोले पाँच संस्करणको युरोकप खेल्ने पहिलो खेलाडीको कीर्तिमान समेत बनाएका छन् । यस्तै उनी लगातार पाँच संस्करणमा गोल गर्ने खेलाडी समेत बने ।

यो जितसँगै पोर्चुगलले समूह ‘एफ’ मा ३ अंक जोडेको छ ।

Categorized in स्पाेर्ट्स