arin enterprises

उपत्यकाको सक्रिय संक्रमित संख्यामा कमी आउँदै

SamacharDesk – बिकाश | २०७८ आषाढ २, बुधबार

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा कोभिड १९ का ४९९ जना नयाँ संक्रमित थपिएका छन् ।

काठमाडौंमा ३५४, ललितपुरमा ६६ र भक्तपुरमा ७९ जना संक्रमित थप भएका हुन् । हालसम्म उपत्यकामा २ लाख ५८ हजार ५४ जनालाई कोभिड संक्रमण भइसकेको छ ।

पछिल्लो पटक उपत्यकामा एक हजार ४४ जना संक्रमित निको हुँदै घर फर्केका छन् । उपत्यकामा कुल २ लाख ३९ हजार ६७२ जना संक्रमित संक्रमणमुक्त भइसकेका छन् ।

उपत्यकामा उपचाररत सक्रिय संक्रमितको संख्या १२ हजार ७२२ रहेको छ । विभिन्न संस्थागत आइसोलेसनमा उपचाररत सक्रिय संक्रमितमध्ये ८८ जना जनरल/एचडियूमा छन् भने आइसीयूमा रहेका १४ जनामध्ये ८ जना भेन्टिलेटरमा उपचाररत छन् ।

उपत्यकामा थप ६ जना संक्रमितको मृत्यु भएको छ । काठमाडौंमा ४, ललितपुर र भक्तपुरमा एक/एक जना संक्रमितको मृत्यु भएको हो । उपत्यकामा हालसम्म कोभिड संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या २ हजार ६६० पुगेको छ ।

Categorized in समाज