पेरुमाथि ब्राजिलको सान्दार जित
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ आषाढ ४, शुक्रबार

कोपा अमेरिकामा आयोजक ब्राजिलले सान्दार जित हात पारेको छ ।
शुक्रबार बिहान ओलम्पिक निल्टन सान्तोस स्टेडियममा भएको खेलमा पेरुलाई ४–० गोलले पराजित गर्दै ब्राजिलले लगातार दोस्रो जित हात पारेको हो ।
खेलको १२ औं मिनेटमा एलेक्स सान्ड्रोले गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाए । उनले ग्राबियल जिससको पासमा गोल गरे ।
६८ औं मिनेटमा नेयमारले गोल गर्दै ब्राजिलको अग्रता दोब्बर बनाए ।
यस्तै ८९ औं मिनेटमा एभर्टन रिबेरोले र खेलको इन्जुरी समयमा रिचार्लीसनले गोल गर्दै ब्राजिललाई ४–० को सानदार जित दिलाए ।
यो जितसँगै ब्राजिलले २ खेलमा ६ अंक जोड्दै समूह ‘बी’को शीर्ष स्थानमा रहेको छ । पेरु अंक बिहिन समूहको पुछारमा रहेको छ ।
त्यस्तै यहि समूहको अर्को खेलमा कोलम्बिया र भेनेजुएलाले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् ।
कोलम्बिया २ खेलमा ४ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ भने १ अंक जोडेको भेनेजुएला तेस्रो स्थानमा रहेको छ ।
Categorized in स्पाेर्ट्स