उपत्यकामा संक्रमण निको हुने करीब ९५ प्रतिशत
SamacharDesk – बिकाश | २०७८ आषाढ ४, शुक्रबार

पछिल्लो पटक काठमाडौं उपत्यकामा कोभिड १९ का ५०८ जना नयाँ संक्रमित भेटिएका छन् ।
काठमाडौंमा ३९४, ललितपुरमा ६० र भक्तपुरमा ५४ जना नयाँ संक्रमित भेटिएका हुन् । हालसम्म उपत्यकामा २ लाख ५९ हजार १३२ जनालाई कोभिड १९ संक्रमण भइसकेको छ ।
तीमध्ये २ लाख ४४ हजार ४८३ जना संक्रमित संक्रमणमुक्त भइसके । गएको २४ घण्टामा एक हजार ४२ जना संक्रमित निको हुँदै डिस्चार्ज भएका छन् । उपत्यकामा संक्रमण निको हुनेको दर ९४ दशमलव ३४ प्रतिशत पुगेको छ ।
हाल उपत्यकामा ११ हजार ९६८ जना सक्रिय संक्रमित उपचाररत छन् । विभिन्न संस्थागत आइसोलेसनमा उपचाररत संक्रमितमध्ये ७३० जना जनरल/एचडियूमा उपचाररत छन् भने आइसीयूमा रहेका २४९ जनामध्ये ६९ जना भेन्टिलेटरमा छन् ।
उपत्यकाभित्र पछिल्लो २४ घण्टामा संक्रमणका कारण काठमाडौंमा मात्रै मृत्यु भएको छ । काठमाडौंमा ६ जना संक्रमितको मृत्यु भएको हो । उपत्यकामा हालसम्म कोभिड १९ संक्रमणका कारण २ हजार ६७८ जनाको मृत्यु भइसकेको छ ।
Categorized in समाज