पोल्याण्डले स्पेनलाई बराबरीमा रोकियो
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ आषाढ ६, आइतबार

युरोकपमा पोल्याण्डले स्पेनलाई बराबरीमा रोकिएको छ ।
शनिबार राति भएको समूह चरणको दोस्रो खेलमा स्पेनले पोल्याण्डसँग १–१ गोलको बराबरी खेलेको हो ।
खेलको २५ औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए ।
तर, पोलिस कप्तान रोबर्टो लेवान्डोस्कीले खेलको ५४ औं मिनेटमा गोल गर्दै पोल्याण्डलाई १–१ गोलको बराबरीमा फर्काए । उनले कामीलको पासमा हेडरमार्फत उत्कृष्ट गोल गरेका थिए ।
यस्तै खेलको ५८ औं मिनेटमा स्पेनले पेनाल्टी पायो । तर, जेरार्ड मोरेनोले प्रहार गरेको बल पोस्टमा लाग्दै बाहिरिएको गएपछि बराबरीमा चित्त बुझाउँदै स्पेनले अंक बाड्नु परेको हो ।
यो सँगै स्पेनले लगातार दोस्रो खेलमा बराबरी खेलेको छ । २ खेलमा २ अंक जोड्दै स्पेन समूह ‘ई’को तेस्रो स्थानमा छ ।
यस्तै पोल्याण्ड २ खेलमा १ अंक जोडेर पुछारमा रहेको छ ।
Categorized in स्पाेर्ट्स
