arin enterprises

क्रिस्टियानो रोनाल्डोको नयाँ कीर्तिमान

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ आषाढ १०, बिहिबार

 पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोल नयाँ कीर्तिमान बनाएको छ ।

३६ वर्षीय रोनाल्डोले दुई ठुला प्रतियोगिता विश्वकप र युरोकपमा संयुक्त सर्वाधिक धेरै गोल गर्ने खेलाडीको कीर्तिमान बनाएको हो ।

१६ औं संस्करणको युरोकपमा फ्रान्सविरुद्धको खेलमा  गोल गरेसँगै रोनाल्डोले विश्वकप र यूरोपकमा गरि संयुक्त २० गोल संख्या पूरा गरे ।

उनले विश्वकप र युरोमा संयुक्त १९ गोल गरेको जर्मनीका लिजेण्ड मिरोस्लाभ क्लोजको कीर्तिमान तोदेका हुन् । जर्मनीका गर्ड मुलर १८ गोल गर्दै तेस्रो स्थानमा रहेको छ ।

रोनाल्डो युरोकपमा सर्वाधिक धेरै गोल गर्ने कीर्तिमानी खेलाडी समेत हुन् । यसअघि रोनाल्डोले फ्रान्सका मिचेल प्लाटिनीले बनाएको ९ गोलको कीर्तिमान तोडेका हुन् ।

उनले युरोकपमा १३ र विश्वकपमा ७ गोल गरेका छन् ।

यस्तै उनको नाममा पाँच संस्करणको युरोकप खेल्ने पहिलो खेलाडीको कीर्तिमान समेत रहेको छ  ।

Categorized in स्पाेर्ट्स