arin enterprises

पोर्चुगललाई हराउँदै बेल्जियम क्वाटरफाइनलमा

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ आषाढ १४, सोमबार

 पोर्चुगललाई हराउँदै बेल्जियम युरोकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

आइतबार राति स्पेनको सेभियास्थित स्टाडियो ला कुर्ट्जा स्टेडियममा भएको प्रि–क्वाटरफाइनलमा साविक विजेता पोर्चुगललाई १–० ले पराजित गर्दै बेल्जियम क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

बेल्जियमलाई जित दिलाउन थोर्गन हाजार्डले निर्णायक गोल गरे । उनले खेलको ४२ औं मिनेटमा थोमस मुनिएरको पासमा उनले बक्स बाहिरबाट उत्कृष्ट गोल गरेका थिए ।

यस्तै पोर्चुगलको पटक पटकको प्रहार भने बेल्जियमका गोलकिपर थोबाउट कोर्टुवाले बचाएका थिए ।

योसँगै बेल्जियम क्वाटरफाइनलमा पुग्ने चौंथो टिम बनेको छ भने साविक विजेता पोर्चुगल अन्तिम १६ बाटै बाहिरिएको छ ।

अब बेल्जियमले क्वाटरफाइनलमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ । 

Categorized in स्पाेर्ट्स