arin enterprises

परिक्षण संख्याको २१ प्रतिशतमा संक्रमण पुष्टि

SamacharDesk – बिकाश | २०७८ आषाढ १४, सोमबार

नेपालमा कोभिड १९ का थप २ हजार ४४४ जना नयाँ संक्रमित भेटिएका छन् ।

पछिल्लो पटक गरिएको जम्मा परिक्षण संख्या भने ११ हजार ६४० रहेको थियो । ६ हजार ६४८ आरटी पिसिआर परिक्षणमा एक हजार ५०९ जनामा र ४ हजार ९९२ एन्टिजेन परिक्षणमा ९३५ जनामा कोभिड संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमितमध्ये ५१ जना १० वर्षसम्मका बालबालिकाहरु छन् भने ११ देखि २० वर्ष उमेर समूहका ११९ जना छन् । नेपालमा हालसम्म ६ लाख ६८ हजार २२१ जना कोभिड १९ बाट संक्रमित भइसके ।

गएको २४ घण्टामा ३ हजार ८५३ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । हालसम्म ५ लाख ८८ हजार १८७ जना संक्रमित संक्रमणमुक्त भइसके । नेपालमा कोरोना संक्रमण मुक्त हुनेको दर ९२ दशमलव ६ प्रतिशत रहेको छ ।

हाल ३७ हजार ९५० जना सक्रिय संक्रमित उपचाररत छन् । ३५ हजार ७५ जना संक्रमित होम आइसोलेसनमा छन् भने २ हजार ८७५ जना विभिन्न संस्थागत आइसोलेसनमा छन् । आइसीयूमा रहेका ६५७ जनामध्ये १९३ जना भेन्टिलेटरमा छन् ।

थप ४२ जना संक्रमितको मृत्यु भएसँगै कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ५१ पुगेको छ ।

Categorized in राष्ट्रिय