जर्मनीलाई पराजित गर्दै इंग्ल्यान्ड क्वाटरफाइनलमा
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ आषाढ १६, बुधबार

जर्मनीलाई पराजित गर्दै इंग्ल्यान्ड युरोकप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार राति लण्डनस्थित वेम्बली स्टेडियममा भएको प्रि–क्वाटरफाइनलमा तीन पटकको च्याम्पियन जर्मनीलाई २–०ले पराजित गर्दै इंग्ल्यान्ड क्वाटरफाइनलमा पुगेको हो ।
इंग्ल्यान्डलाई जित दिलाउन रहिम स्ट्रर्लिङले ७५ औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । यो उनको चौंथो खेलमा तेस्रो गोल हो ।
त्यसपछि खेलको ८६ औं मिनेटमा कप्तान ह्यारी केनले गोल गर्दै इंग्ल्यान्डलाई २–० को जित दिलाए ।
योसँगै इंग्ल्यान्ड क्वाटरफाइनलमा पुग्ने सातौं टिम बनेको छ । इंग्ल्यान्ड दोस्रो पटक युरोकपको क्वाटरफाइनलमा पुगेको हो ।
त्यस्तै इंग्ल्यान्डले ५५ वर्षपछि जर्मनीलाई नकआउट चरणमा पराजित गर्न सफल भएको छ । यस अघि इंग्ल्यान्डले जर्मनीलाई १९६६ को विश्वकप फाइनलमा पराजित गरेको थियो ।
जर्मनी भने प्रतियोगिताको राउण्ड अफ १६ बाट बाहिरिएको छ ।
Categorized in स्पाेर्ट्स