arin enterprises

विश्व खेलकुद पत्रकारिता दिवस मनाईँदै

SamacharDesk – स्पाेर्ट्स ब्यूराे | २०७८ आषाढ १८, शुक्रबार

आज जुलाई २, आजको दिन खेलकुद क्षेत्रमा पत्रकारिता गर्दै गरेका पत्रकारहरुको लागि विशेष दिन हो ।

हरेक वर्ष जुलाई २ को दिनलाई विश्व खेलकुद पत्रकारिता दिवसको रुपमा मनाइन्छ ।

विश्वमा खेलकुद पत्रकारहरुको सर्वोच्च संस्था एआइपिएस स्थापना भएको सम्झनास्वरुप आजको दिनलाई खेलकुद पत्रकारिता दिवसको रुपमा मनाउने गरिएको हो । सन् १९९४ बाट यो दिवस मनाउन थालिएको हो ।

नेपाल सन् २००६ मा एआइपिएसको सदस्य बनेको थियो ।

आजको दिनमा नेपालमा पनि विभिन्न कार्यक्रमहरुको आयोजना गरी यो दिवस मनाउने गरिन्छ । ने

पाली खेलकुद पत्रकारहरुको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्चले दिवसको अवसरमा कार्यक्रमको आयोजना गर्ने गर्दथ्यो । तर यस वर्ष महामारीको अवस्थामा भौतिक उपस्थितीका बीच यो दिवसलाई भव्यता भने दिन सकिएन ।

यद्यपि भर्च्युअल माध्यम भने दिवसको औपचारिकता पूरा गर्ने माध्यम बनेको छ । जुमको साथमा आज क्लबहाउसमा पनि खेलकुद पत्रकारहरु भेला भई खेलकुद पत्रकारिता क्षेत्रको समस्या र चुनौतीका विषयहरुमा चर्चा परिचर्चा र वहसमा जुटेका छन् ।

आजको दिनमा विशेष गरी खेलकुद पत्रकारिता क्षेत्रमा विद्यमान समस्या, चुनौतीका विषयमा वहस गर्ने गरिन्छ ।

आज महामारीको स्थितीमा स्वास्थ्यकर्मी, सुरक्षा निकायको साथमा पत्रकारहरु पनि अग्रमोर्चामा खटेर आफ्नो कर्तव्य निर्वाह गरिरहेका छन् । खेलकुद पत्रकार पनि जोखिम मोलेर कार्यक्षेत्रमा खटिरहेका छन् ।

युरोपीयन महादेशहरुको महा भिडन्त युरो कपको साथमा दक्षिण अमेरिकी मूलुकहरुको महामेला कोपा अमेरिका कप पनि हाल जारी छ । निद्रा वा आराम नभनी खेलकुद पत्रकारहरु यस किसिमका खेलकुद गतिविधिहरुको समाचार सम्प्रेषणमा पनि सक्रिय रहेका छन् ।

साथै महामारीको अवस्थामा खेलाडी र खेल क्षेत्रले भोग्दै गरेको समस्याका विषय पनि खेलकुद पत्रकारहरुले उठाउँदै सरोकारवाला निकायको ध्यानाकर्षण गराइरहेका छन् ।

जोखिम मोल्दै अरुको आवाज सम्बन्धित ठाउँसम्म पुर्‍याइरहेका खेलकुद पत्रकारहरुको पीडा र अवस्थाबारे आजको दिनमा आवाज बुलन्द गर्ने गरिन्छ ।

Categorized in स्पाेर्ट्स