arin enterprises

चिलीलाई हराउँदै आयोजक ब्राजिल सेमिफाईनलमा

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ आषाढ १९, शनिबार

ब्राजिल कोपा अमेरिकाको सेमिफाईनलमा प्रवेश गरेको छ ।

शनिबार बिहान क्वार्टरफाईनलको खेलमा चिलीलाई १–०ले हराउँदै आयोजक ब्राजिलले सेमिफाईनलको यात्रा तय गरेको हो ।

ब्राजिललाई जित दिलाउन लुकास पाक्केटाले नीर्णायक गोल गर्दै  ब्राजिललाई सेमिफाईनल पुर्याउन पर्याप्त बन्यो । उनले दोस्रो हाफको पहिलो मिनेटमा गोल गरेका थिए ।

खेलको ५० औं मिनेटमा ग्याब्रियल जिसस रातो कार्ड खादै मैदान बाहिरिएपछि ब्राजिल १० खेलाडीमा सिमित बनेको थियो ।  ब्राजिलले सेमिफाईनलमा पेरुसंग खेल्नेछ ।

यस्तै शनिबार नै भ्एको पहिलो क्वार्टरफाईनलको खेलमा पेरुसंग पाराग्वे स्तब्ध बन्यो ।

निर्धारित समयको खेल ३–३ गोलको बराबरीमा सकिएपछि टाईब्रेकरमा पेरुले ४–३ ले बाजी मारेको थियो । 

Categorized in स्पाेर्ट्स