चेक रिपब्लिकलाई पराजित गर्दै डेनमार्क सेमिफाइनलमा
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ आषाढ २०, आइतबार

चेक रिपब्लिकलाई पराजित गर्दै डेनमार्क युरोकप २०२०को सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिबार भएको बाकु ओलम्पिक स्टेडियममा क्वाटरफाइनलमा चेक रिपब्लिकलाई २–१ गोल अन्तरले पराजित गर्दै डेनमार्कले सेमिफाइनलमा प्रवेश गरेको हो ।
उक्त खेलको पाँचौं मिनेटमा थोमस डेलानेले गोल गर्दै डेनमार्कलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ४२ औं मिनेटमा युवा स्ट्राइकर कास्पर डोलवर्गले गोल गरेपछि डेनमार्कले पहिलो हाफ मै २–० को अग्रता लियो ।
दोस्रो हाफमा चेक रिपब्लिकको लागि प्याट्रिक शिकले एक गोल फर्काए । उनले ४९ औं मिनेटमा काउफलको पासमा गोल गर्दै चेक रिपब्लिकलाई २–१ को स्थितिमा ल्याए ।
डेनमार्क विरुद्धको यो गोलसँगै प्याट्रिकले जारी युरोमा ५ गोल पूरा गरेका छन् ।
डेनमार्क विरुद्धको यो गोलसँगै प्याट्रिकले जारी युरोमा ५ गोल पूरा गर्दै गोल्डेन बुटको दाबेदारमा क्रिस्टियानो रोनाल्डोसँग बराबरी गरेका छन् । पोर्चुगिज फरवार्ड रोनाल्डोले पनि ५ गोल गरेका छन् ।
अब डेनमार्कले सेमिफाइनलमा इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । डेनमार्क सन् १९९२ पछि पहिलो पटक सेमिफाइनलमा प्रवेश गरेको हो ।
Categorized in स्पाेर्ट्स