मेस्सीको सान्दार प्रदर्शनसँगै अर्जेटिना सेमिफइनलमा
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ आषाढ २०, आइतबार

अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आईतबार बिहान भएको खेलमा अर्जेन्टिनाले इक्वेडरलाई ३–० गोल अन्तरले हराएको हो ।
खेलको ४० औं मिनेटमा रोड्रिगो डी पलको गोलबाट अर्जेन्टिना अग्रता लियो । पललाई मेस्सीले पास उपलब्ध गराको थियो ।
यस्तै ८४ औं मिनेटमा लौराटो मार्टिनेजले पनि मेस्सीको पासलाई नै सदुपयोग गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाए ।
खेलको ईन्जुरी समयमा फ्रिकिकमार्फत मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई ३–० को जित दिलाए ।
अर्जेन्टिनाले सेमिफाईनलमा कोलम्बियासंग खेल्ने छ ।
Categorized in स्पाेर्ट्स