कोपा अमेरिकाको सेमिफाइनलमा कुन–कुन टिमबीच हुँदैछ भिडन्त?
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ आषाढ २०, आइतबार

ब्राजिलमा जारी कोपा अमेरिकाको सेमिफाइनलमा पुग्ने टोलीको टुंगो लागेको छ ।
शनिबार बिहान क्वाटरफाइनलको अन्तिम खेल सकिएसँगै अन्तिम चारमा पुग्ने टोलीको तय भएको हो ।
यसपालि अर्जेन्टिना, साविक विजेता ब्राजिल, कोलम्बिया र पेरुले सेमिफाइनलमा स्थान बनाएका छन् ।
अर्जेन्टिनाले इक्वेडरलाई ३–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो । अब सेमिफाइनलमा अर्जेन्टिनाले कोलम्बियासँग खेल्नेछ । यस्तै कोलम्बियाले क्वाटरफाइनलमा उरुग्वेलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो ।
ब्राजिलले सेमिफाइनलमा पेरुसँग प्रतिस्पर्धा गर्नेछ । ब्राजिलले क्वाटरफाइनलमा चिलीलाई १–० ले हराएको हो भने पेरुले पाराग्वेलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराएपछि सेमिफाइनलमा स्थान बनाएको थियो ।
सेमिफाइनल तालिका:
मंगलबार बिहान ४ः४५ बजे – ब्राजिल विरुद्ध पेरु
बुधबार बिहान ६ः४५ बजे – अर्जेन्टिना विरुद्ध कोलम्बिया
Categorized in स्पाेर्ट्स