आयोजक ब्राजिल फाईनलमा
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ आषाढ २२, मंगलबार

आयोजक ब्राजिल कोपा अमेरिकाको फाईनलमा प्रवेश गरेका छ ।
सोमबार बिहान भएको सेमिफाईनलको पहिलो खेलमा पेरुलाई १–० ले पराजित गर्दै साविक विजेता ब्राजिल फाईनल प्रवेश गरेको हो ।
ब्राजिलको जितमा लुकास पाक्केटाले खेलको ३५ औं मिनेटमा निर्णायक गोल गरे ।
ब्राजिलले उपाधिका लागि फाइनलमा अर्जेन्टिना र कोलम्बियाबीचको विजेतासंग प्रतिस्पर्धा गर्नेछ ।
दोस्रो सेमिफाईनलको खेल भोलि बिहान हुनेछ ।
Categorized in स्पाेर्ट्स