arin enterprises

उपत्यकामा ५४३ नयाँ संक्रमित थपिए

SamacharDesk – बिकाश | २०७८ आषाढ २३, बुधबार

काठमाडौं उपत्यकामा पछिल्लो पटक कोभिड १९ का ५४३ जना नयाँ संक्रमित भेटिएका छन् । काठमाडौंमा ३९०, ललितपुरमा ८६ र भक्तपुरमा ६७ जना संक्रमित भेटिएका हुन् ।

योसँगै उपत्यकामा कोभिड १९ बाट संक्रमित हुनेको कुल संख्या २ लाख ६७ हजार ६३६ पुगेको छ ।

पछिल्लो पटक उपत्यकाबाट ३५८ जना संक्रमित निको भएका छन् । हालसम्म २ लाख ५६ हजार ८०४ जना संक्रमित निको भइसकेका छन् । उपत्यकामा कोभिड संक्रमण निको हुनेको दर ९६ प्रतिशत पुगेको छ ।

हाल उपत्यकामा ८ हजार ६ जना सक्रिय संक्रमित उपचाररत छन् । विभिन्न संस्थागत आइसोलेसनमा उपचाररत संक्रमितमध्ये ४६२ जनालाई जनरल/एचडियू वार्डमा राखेर उपचार गरिँदैछ । त्यस्तै आइसीयूमा उपचाररत १५५ जनामध्ये ५७ जना भेन्टिलेटरमा छन् ।

उपत्यकामा थप ७ जना संक्रमितको मृत्यु भएको छ । काठमाडौंमा र भक्तपुरमा २/२ जना र ललितपुरमा ३ जना संक्रमितको मृत्यु भएको हो । योसँगै उपत्यकामा मृत्यु हुने संक्रमितको संख्या २ हजार ८२६ पुगेको छ ।

Categorized in समाज