arin enterprises

रामोस फ्रेन्च क्लब पीएसजीमा अनुबन्धित

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ आषाढ २४, बिहिबार

स्पेनिस डिफेन्डर सर्जियो रामोस फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा अनुबन्धित भएका छन् ।

बिहीबार पीएसजीले रियल मड्रिडका पूर्व कप्तान तथा डिफेन्डर रामोसले पीएसजीसँग दुई वर्षको सम्झौता गरेका छन् । रामोस २०२३ को जुन ३० सम्म पीएसजीमा रहने छन् ।

रियलमा लिजेण्ड खेलाडीको पहिचान बनाएका ३५ वर्षीय स्पेनिस सेन्टर ब्याक रामोसले गत जुनको अन्त्यसँगै १६ वर्ष क्लबमा बिताएर रियल छाडेका थिए ।

उनले रियलबाट ६ सय ७१ खेल खेल्दा १०१ गोल र ४० असिस्ट गरेका छन् ।

यस्तै रियलबाट उनले पाँच पटक ला लिगा र ४ पटक च्याम्पियन्स लिगको उपाधि जित्दा ४ पटक फिफा क्लब विश्वकप, ४ पटक स्पेनिस सुपर कप, ३ पटक यूईएफए सुपर कप र २ पटक कोपा डेल रे जितेका छन् ।

Categorized in स्पाेर्ट्स