ब्राजिललाई हराउँदै अर्जेन्टिना कोपा अमेरिका च्याम्पियन
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ आषाढ २७, आइतबार

ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले कोपा अमेरिका २०२१को उपाधि जितेको छ ।
आइतबार विहान भएको कोपा अमेरिका २०२१ को उपाधि भिडन्तमा घरेलु टोली ब्राजिललाई १–० ले पराजित गर्दै अर्जेन्टिना च्याम्पियन बनेको हो ।
अर्जेटिनालाई उपाधि दिलाउने क्रममा एन्जल डि मारिया नायक सावित भए । डि मारियाले ब्राजिलविरुद्ध खेलको २२ औं मिनेटमा डि पाउलले दिएको पासमा निर्णायक गोल गरेका थिए ।
यस्तै खेलको ५२औं मिनेटमा ब्राजिलका रिचार्लीसनले गरेको गोल रेफ्रीले अफसाइड घोषित गरेको थियो ।
पहिलो हाफमै पछि परेको ब्राजिलले दोस्रो हाफमा बराबरी गोल फर्काउन नसक्दा खेल र उपाधि अर्जेटिना १–० ले विजय भयो ।
यो सँगै अर्जेन्टिना २८ वर्षपछि मुख्य प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । यो अर्जेन्टिनाको १५ औं कोपा उपाधि हो ।
यस्तै कप्तान लियोनल मेस्सीका लागि पनि यो पहिलो मुख्य प्रतियोगिताको उपाधि हो । मेस्सीले यसअघि अर्जेन्टिनाबाट चार वटा फाइनल खेले पनि उपाधि जित्न भने सकेका थिएन ।
यसअघि सन् १९९३ को कोपाको फाइनलमा मेक्सिकोलाई २–१ ले पराजित गर्दै अर्जेन्टिनाले उपाधि जितेको थियो । त्यसयता अर्जेन्टिनाले कुनै पनि मुख्य प्रतियोगिताको उपाधि जित्न सकेको थिएन ।
त्यसपछि अर्जेन्टिना चार पटक कोपा र एक पटक फिफा विश्वकपको फाइनलमा पुगेपनि उपाधि जित्न सकेको थिएन ।
अर्जेन्टिना सन् २००४ र २००७ मा ब्राजिलसँग फाइनलमा हार्दा सन् २०१५ र २०१६ को फाइनलमा चिलीसँग पराजित भएको थियो । यस्तै सन् २०१४ को विश्वकपको उपाधि भिडन्तमा जर्मनीसँग पराजित भएको थियो ।
मेस्सीले २००७, २०१५ र २०१६ को कोपा फाइनल र सन् २०१४ को विश्वकपको फाइनल खेलेका थिए ।
Categorized in स्पाेर्ट्स#CopaAmérica
— Copa América (@CopaAmerica) July 11, 2021
¡ACÁ ESTÁ LA COPA! Lionel Messi levantó la CONMEBOL #CopaAmérica y desató la locura de @Argentina
Argentina Brasil #VibraElContinente #VibraOContinente pic.twitter.com/PCEX6vtVee
