उपत्यकामा साढे ४ सय बढि नयाँ संक्रमित थप
SamacharDesk – बिकाश | २०७८ आषाढ २८, सोमबार

काठमाडौं उपत्यकामा विगत केही दिन थप हुने कोभिड १९ का नयाँ संक्रमितको संख्या ४ सय भन्दा तल रहेकोमा आज यो संख्या बढेर साढे ४ सय माथि पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशैभरीबाट थप हुने नयाँ संक्रमितमध्ये काठमाडौं उपत्यकामा ४५१ जना रहेका छन् । काठमाडौंमा २८९, ललितपुरमा १०८ र भक्तपुरमा ५४ जना नयाँ संक्रमित भेटिएका हुन् ।
उपत्यकामा कोभिड १९ बाट संक्रमित हुनेको कुल संख्या २ लाख ६९ हजार ६८१ पुगेको छ ।
तीमध्ये २ लाख ५९ हजार १४६ जना संक्रमित संक्रमण मुक्त भइसके । गएको २४ घण्टामा उपत्यकामा उपचाररत ३७० जना संक्रमित निको भएका छन् ।
हाल उपत्यकामा ७ हजार ६९० सक्रिय संक्रमित उपचाररत छन् । उपत्यकाका विभिन्न संस्थागत आइसोलेसनमा उपचाररत सक्रिय संक्रमितमध्ये ५१२ जना जनरल/एचडियू वार्डमा छन् भने आइसीयूमा उपचाररत १३० मध्ये ५२ जना भेन्टिलेटरमा छन् ।
पछिल्लो पटक काठमाडौं उपत्यकामा ३ जना संक्रमितको मृत्यु भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरमा एक/एक जना संक्रमितको मृत्यु भएको हो । उपत्यकामा हालसम्ममा कोभिड १९ संक्रमणका कारण २ हजार ८४५ जनाको मृत्यु भइसकेको छ ।
Categorized in समाज