arin enterprises

एनआरएनए नेदरल्यान्ड्सको महासचिवमा सावित्रीको उम्मेदवारी

SamacharDesk – बिराज | २०७८ आषाढ ३०, बुधबार

गैर–आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नेदरल्यान्ड्सकी प्रवक्ता साबित्री पौडेल (सबु) ले महासचिव पदमा उम्मेदवारी दिने घोषणा गरेकि छन् ।

एक विज्ञप्ती जारी गर्दै प्रवक्ता पौडेलले परिषद् नेडरल्यान्ड्सको आउँदो १८ जुलाईमा हुन गइरहेको नवौं राष्ट्रिय महाधिवेशनमा महासचिव पदमा आफुले उम्मेदवारी दिएको घोषणा गरेकि हुन् ।

विज्ञप्तीमार्फत पौडेलले नेपाली समुदायको हकहितमा काम गर्नका लागि आफुले महासचिव पदमा उम्मेदवारी दिएको बताएकि छन् ।

हाल संस्थाको प्रवक्ता रहेकी पौडेलले यस अघि संस्थाको महिला सदस्य, महिला फोरमको संस्थापक अध्यक्ष, महिला संयोजकको रुपमा चार कार्यकालको अनुभव बटुलिसकेकी छन् ।

ती पदमा रहनुका साथै विभिन्न अभियानहरूमा जोडिएर आफ्नो समुदायको सामाजिक उत्थान एवं महिला सशक्तिकरणको पक्षमा सदैव अग्रसर हुँदै आएको दावी पौडेलले गरेकी छन् ।

‘यसैको निरन्तरता र आजसम्मका सिकाईहरूबाट अझ जोश जाँगर र संकल्प सहित परिषद नेदरल्याण्ड्सको महासचिवको रूपमा आउँदो कार्यकाल सम्हाल्दै समस्त नेपाली समुदायको हकहितका लागी जहाँ भएपनि एक ढिक्का भएर हातेमालो गर्दै अघि बढ्ने अभिलाषा नै मेरो उम्मेदवारीको एकमात्र कारण रहेको छ’ पौडेलको भनाई हो ।

प्रतिद्वन्द्वी उम्मेदवारका रूपमा नारीकै उम्मेदवारीले आफुलाई प्रतिस्पर्धा भन्दा नेतृत्वमा नारी सहभागिता हुनुपर्छ भन्ने आफ्नो विचार रहेको उनले बताएकि छन् ।

एनआरएनए नेदरल्यान्ड्स परिषदको अध्यक्ष पदमा आफुले पदम क्षेत्री (रामचन्द्र) लाई समर्थन गरेको जानकारी पनि पौडेलले गराएकि छन् ।

‘आज केही शारीरिक समस्याका कारण शरीर व्हिलचेयरमा रहे पनि सकारात्मक सोचको उडान र समग्र समुदायको लागि काम गर्छु भन्ने हुटहुटीले उभ्याएको पदम क्षेत्री (रामचन्द्र) ज्यूको अध्यक्ष पदको उम्मेदवारी आफैंमा एउटा लोभलाग्दो र अनुकरणीय उदाहरण हो, हामी सबैको लागी प्रेरणा हो’ पौडेलले भनेकी छन् ।

Categorized in समाज