arin enterprises

ग्यान्पु स्टाइट सुरजवीरको ‘हाकुमैंचा’ सार्वजनिक

SamacharDesk – बिराज | २०७८ श्रावण ४, सोमबार

संचारकर्मी एवं चर्चित कलाकार सुरजवीर बज्राचार्यको नेपालभाषाको नयाँ गीत ‘हाकुमैंचा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

मध्यपुर थिमिमा आयोजित एक कार्यक्रममा मध्यपुर थिमि नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठले म्यूजिक भिडियोको लोकार्पण गर्नुभयो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले नेपालभाषामा निर्माण गरिएको गीतलाई व्यावसायीकरण गर्नुपर्नेमा जोेड दिए । सांगीतिक अभिव्यक्तिलाई जुनसुकै समुदाय, वर्ग र भाषामा बनाएर अन्तर्राष्ट्रियकरण गर्न सकिने उहाँको भनाइ थियो ।

गीतको गायकको साथमा रचनाकारसमेत रहेका बज्राचार्यले प्यारोडी गीतका रुपमा सृजित ‘हाकु मैंचा’ले आफ्नो मौलिक रुप पाएको उल्लेख गर्नुहुँदै संगीतकार जुगल डंगोलको साथले नवरुप प्राप्त गर्न सफल भएको स्मरण गर्नुभयो ।

बालमुकुन्द प्रजापतिको निर्देशन रहेको म्यूजिक भिडियोको छायाङ्कन र दृश्य सम्पादन देवेन्द्र प्रजापतिले गरेका छन् ।

नेपाल सांस्कृतिक उत्थान परिषद्को व्यानरमा तयार भएको म्यूजिक भिडियोमा अनु खड्का, रमेश बल्ल तथा आशाराम शिल्पकार लगायतका कलाकारले अभिनय गरेका छन् । कोरीयोग्राफी भने दिपक बज्राचार्य र सागर बनमालाले गरेका छन् । 

Categorized in पेजथ्री