उपत्यका युथ फोर्स घोषणा गरिने
SamacharDesk – बिराज | २०७८ श्रावण ७, बिहिबार

काठमाडौं क्षेत्र नं ८ र ९ का युथफोर्स कमान्डरहरुको संयुक्त भेला सम्पन्न भएको छ ।
कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय उपाध्यक्ष एवं युथफोर्स प्रमुख क्षितिज थेवेले यहि ९ गते हुन गइरहेको युथफोर्सको मार्चपासले सरकार तर्सिने दावी गर्नुभयो ।
थेबेले सामुहिक सहकार्यमा विस्वास राख्ने युथफोर्स खोप केन्द्रमा स्वयम्सेवकको रुपमा सहयोग गर्ने, सबैभन्दा धेरै वृक्षारोपण गर्नुका साथै बिपद परेकालाई सहयोग गर्ने पहिलो युवा संगठनका रहेको दाबी समेत गर्नुभयो ।
भेलामा क्षेत्र नं ८ बाट १९ र क्षेत्र नं ९ बाट २५ गरि ४४ जना युथ फोर्स कमाण्डर कमाण्डर घोषणा भएको थियो ।
आउँदो श्रावण ९ गते हुने उपत्यका युथ फोर्स घोषणा सभामा प्रत्येक कमान्डरमार्फत २०/२० जना गरी ४४ जना कमान्डर मार्फत ८८० जना युवाहरु युथ फोर्समा आबद्ध हुने दावी गरिएको छ ।
कार्यक्रममा राष्ट्रिय युवा संघका उपाध्यक्ष पुष्प श्रेष्ठ, काठमाडौं क्षेत्र नं ९ का उत्प्रेरक राष्ट्रिय युवा संघ केन्द्रिय सचिव महाराजा गुरुङ, काठमाडौं क्षेत्र नं ८ का उत्प्रेरक राष्ट्रिय युवा संघ केन्द्रिय सदस्य सन्तोष सिलवाल लगायतका राष्ट्रिय युवा संघ केन्द्रिय सदस्यहरुको उपस्थिति रहेको थियो ।
काठमाडौं क्षेत्र नं ८ का युवाहरुको नेतृत्व काठमाडौं महानगर कमिटीका सदस्य उद्दव खड्गीले र काठमाडौं क्षेत्र नं ९ को युवाहरुको नेतृत्व एमालेका युवा नेताद्वय राम खड्गी र ओम महर्जनले गरेका थिए ।
Categorized in राजनीति