३ हजार बढि नयाँ संक्रमित थपिए
SamacharDesk – बिकाश | २०७८ श्रावण ९, शनिबार

आज पनि परिक्षणको करीब २१ प्रतिशतमा कोभिड १९ संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा जम्मा १४ हजार ९१० जनाको स्वाब नमूनाको परिक्षण गरिएकोमा ३ हजार ११४ जनामा संक्रमण पुष्टि भएको हो ।
१० हजार ६२५ जनाको आरटी पिसिआर परिक्षणमा २ हजार ३०९ र ४ हजार २८५ जनाको एन्टिजेन परिक्षणमा ८०५ जना संक्रमित भेटिएका हुन् ।
तीमध्ये ७५ जना १० वर्षसम्मका बालबालिका छन् भने ३४१ जना ११ देखि २० वर्ष उमेर समूहका छन् । योसँगै नेपालमा कोभिड १९ बाट संक्रमित हुनेको कुल संख्या ७ लाख ३३ हजार २६० पुगेको छ ।
पछिल्लो पटक २ हजार १९७ जना संक्रमित निको हुन सफल भएका छन् । हालसम्म ६ लाख ४१ हजार ५६५ जना संक्रमित संक्रमणमुक्त भइसके ।
नेपालभरी होम आइसोलेसन र विभिन्न संस्थागत आइसोलेसनहरुमा उपचाररत सक्रिय संक्रमितको संख्या २७ हजार ७५७ रहेको छ ।
तीमध्ये होम आइसोलेसनमा रहनेको संख्या २५ हजार ८६ छ भने विभिन्न संस्थागत आइसोलेसनमा २ हजार ६७१ जना उपचाररत छन् । आइसीयूमा रहेकाको संख्या ६५० छ भने तीमध्ये १६५ जना भेन्टिलेटरमा उपचाररत छन् ।
गएको २४ घण्टामा थप १६ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म कोभिड १९ संक्रमणका कारण ९ हजार ६९५ जना संक्रमितको मृत्यु भइसकेको छ ।
कोभिड १९ विरुद्धको भ्याक्सिन लिनेहरुमा ३३ लाख ७७ हजार २२८ जनाले पहिलो मात्रा मात्र पाएका छन् भने १३ लाख ६६ हजार ४६ जनाले पूर्ण खोप पाइसके ।
Categorized in राष्ट्रिय