arin enterprises

उपत्यकामा थप ६१५ जना कोरोना संक्रमित भेटिए

SamacharDesk – बिकाश | २०७८ श्रावण ९, शनिबार

काठमाडौं उपत्यकामा कोभिड १९ का ६१५ जना नयाँ संक्रमित भेटिएका छन् ।

पछिल्लो पटक काठमाडौंमा ४२१, ललितपुरमा १०८ र भक्तपुरमा ८६ जना संक्रमित भेटिएका हुन् । उपत्यकामा हालसम्म २ लाख ७६ हजार ४२१ जना कोभिड १९ बाट संक्रमित भइसके ।

तीमध्ये २ लाख ६५ हजार ८८७ जना संक्रमित कोरोना भाइरसलाई हराउँदै संक्रमण मुक्त हुन सफल भइसके । उपत्यकामा पछिल्लो २४ घण्टामा ८३९ जना संक्रमित निको भएका छन् ।

हाल उपत्यकामा ७ हजार ६१९ जना सक्रिय संक्रमित उपचाररत छन् ।

उपत्यकामा विभिन्न संस्थागत आइसोलेसनमा उपचाररत संक्रमितमध्ये ५७७ जना जनरल/एचडियूमा छन् भने आइसीयूमा उपचाररत १८२ जनामध्ये ६८ जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिँदैछ ।

काठमाडौं र भक्तपुरमा एक/एक जना गरी पछिल्लो पटक उपत्यकामा २ जना संक्रमितको मृत्यु भएको छ । उपत्यकामा कुल २ हजार ९१२ जनाको कोभिड १९ संक्रमितका कारण मृत्यु भइसकेको छ ।

Categorized in समाज