arin enterprises

चोरीको सवारी साधनसहित २ जना पक्राउ

SamacharDesk – क्राइम ब्यूराे | २०७८ श्रावण ११, सोमबार

चोरी गरी ल्याइएको सवारि साधनसहित २ जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।

प्रहरीले कञ्चनपुर मैरी फाँटाका काठमाडौं चण्डोल बस्ने ३२ वर्षीय अर्जुन कठायत र कञ्चनपुर कृष्णपुका ३३ वर्षीय कृष्ण बहादुर रोकायालाई पक्राउ गरेको हो ।

महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरी टोलीले ती दुई जनालाई पक्राउ गरेको हो ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा भारतबाट सवारी साधन चोरी गरी ल्याई विक्री भईरहेको भन्ने सूचनाको आधारमा महाशाखांबाट प्रहरी टोली खटिएको थियाे ।

उनीहरूबाट एक थान कार र ३ थान मोटरसाइकल गरी ४ थान सवारी साधन बरामद भएको महाशाखाले जनाएको छ ।

उनीहरुबाट प्रदेश ३–००२३–७६२६ नम्बरको १ थान कार, बाग्मती प्रदेश ०२९६२ प १८ र बाग्मती प्रदेश ०२–१९ प ७२३७ नम्बरका २ वटा रोयल इन्फिल्ड मोटरसाइकल अनि बाग्मती प्रदेश ०२–१९ प ७५३७ नम्बरको १ थान केटिएम आरटी मोटरसाइकल बरामद गरेको छ ।

उनीहरू दुवैलाई आवश्यक कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालय गौचरण काठमाडौं पठाइएको महाशाखाले जनाएको छ ।

Categorized in अपराध