arin enterprises

संक्रमित संख्या बढेपनि दर भने कम

SamacharDesk – बिकाश | २०७८ श्रावण ११, सोमबार

नेपालमा पछिल्लो २४ घण्टामा कोभिड १९ का ३ हजार ४२१ जना नयाँ संक्रमित भेटिएका छन् ।

संख्यात्मक रुपमा संक्रमित संख्या बढेको देखिएपनि दर भने घटेको पाइएको छ । पछिल्ला दिनहरुको तुलनमा पछिल्लो परिक्षणको संख्या पनि बढि रहेकाले नयाँ संक्रमणको दर भने कम देखिएको हो ।

परिक्षण संख्याको १९ दशमलव ८० प्रतिशत संक्रमित भेटिएका हुन् ।

पछिल्लो पटक जम्मा १७ हजार २७२ जनाको स्वाब नमूनाको परिक्षण गरिएको थियो । १२ हजार २४० आरटी पिसिआर परिक्षणमा २ हजार ३९१ जना र ५ हजार ३२ एन्टिजेन परिक्षणमा एक हजार ३० जना संक्रमित भेटिएका हुन् ।

तीमध्ये ६४ जना १० वर्षसम्मका बालबालिकाहरु रहेका छन् भने ११ देखि २० वर्ष उमेर समूहका २७४ जना छन् । हालसम्म जम्मा ७ लाख ३८ हजार ९१८ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

तीमध्ये ६ लाख ४५ हजार ३०१ जना संक्रमित संक्रमण मुक्त हुन सफल भइसकेका छन् । पछिल्लो २४ घण्टामा संक्रमण निको हुने संक्रमितको संख्या एक हजार ६८६ रहेको छ ।

हाल २७ हजार ९०८ जना सक्रिय संक्रमित उपचाररत छन् । २५ हजार ९३ जना संक्रमित होम आइसोलेसनमा छन् भने २ हजार ८१५ जना संक्रमित विभिन्न संस्थागत आइसोलेसनमा छन् ।

आइसीयूमा उपचाररत ६६९ जनामध्ये १६६ जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिँदैछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी सूचना अनुसार गएको २४ घण्टामा २५ जना संक्रमितको मृत्यु भएको छ । हालसम्ममा ९ हजार ७३८ जनाको कोभिड १९ संक्रमणका कारण मृत्यु भइसकेको छ ।

Categorized in राष्ट्रिय