arin enterprises

नयाँ संक्रमण दर फेरी उकालो लाग्दै

SamacharDesk – बिकाश | २०७८ श्रावण १२, मंगलबार

नेपालमा पछिल्लो २४ घण्टामा कोभिड १९ का संक्रमितको संख्या ह्वात्तै बढेको छ ।

पछिल्लो पटक थप हुने नयाँ कोभिड १९ संक्रमितको संख्या ४ हजारको नजिक रहेको छ भने हिजो २० प्रतिशतभन्दा तल देखिएको संक्रमण दर आज २२ दशमलव २५ प्रतिशत पुगेको छ ।

जम्मा १७ हजार ५१८ वटा स्वाब नमूनाको परिक्षण गरिएकोमा ३ हजार ८९९ जनामा संक्रमण पुष्टि भएको छ । १२ हजार ६५५ आरटी पिसिआर परिक्षणमा २ हजार ७२६ र ४ हजार ८६३ एन्टिजेन परिक्षणमा एक हजार १७३ जना संक्रमित भेटिएका हुन् ।

तीमध्ये १० वर्षसम्मका बालबालिका ७९ जना छन् भने ११ देखि २० वर्ष उमेर समूहका २५३ जना छन् । नेपालमा हालसम्म कोभिड १९ बाट संक्रमित हुनेको कुल संख्या ७ लाख ४२ हजार ८१७ पुगेको छ ।

हाल उपचाररत सक्रिय संक्रमित २८ हजार ८३६ जना छन् । होम आइसोलेसनमा २५ हजार ९३८ जना छन् भने २ हजार ८९८ जना विभिन्न संस्थागत आइसोलेसनमा उपचाररत छन् ।

आइसीयूमा उपचाररत ६११ जनामध्ये १७१ जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिँदैछ ।

संक्रमितको संख्या बढ्दै जाँदा निको हुनेको संख्यामा भने कमी आउँदै गरेको छ ।

गएको २४ घण्टामा कोभिड संक्रमण निको हुनेको संख्या एक हजार ७७८ मात्र रहेको छ । संक्रमण निको हुनेको दर पनि घट्दै आज ९४ दशमलव ४ प्रतिशतमा पुगेको छ ।

हालसम्म ६ लाख ४७ हजार ७९ जनाले कोरोना भाइरसलाई हराउँदै संक्रमण मुक्त भइसकेका छन् ।

थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोभिड १९ संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या ९ हजार ७५८ पुगेको छ । 

Categorized in राष्ट्रिय