arin enterprises

संक्रमितसँगै मृतक संख्या पनि बढ्दै

SamacharDesk – बिकाश | २०७८ श्रावण १३, बुधबार

पछिल्लो २४ घण्टामा नेपालमा गरिएको कोरोना परिक्षणमा २४ प्रतिशत बढिमा कोभिड १९ संक्रमण पुष्टि भएको छ ।

१५ हजार ८०८ जनाको स्वाब नमूनाको परिक्षणमा २४ दशमलव २९ प्रतिशत संक्रमित भेटिएका हुन् ।

१० हजार ८८६ वटा आरटी पिसिआर परिक्षणमा २ हजार ६३४ र ४ हजार ९२२ एन्टिजेन परिक्षणमा एक हजार २०६ जना गरी जम्मा ३ हजार ८४० जना नयाँ संक्रमित थपिएका छन् ।

तीमध्ये १० वर्षसम्मका बालबालिका ८३ जना छन् भने ११ देखि २० वर्ष उमेर समूहका २४५ जना छन् । योसँगै नेपालमा कोभिड १९ बाट संक्रमित हुनेको कुल संख्या ७ लाख ४६ हजार ६५७ पुगेको छ ।

तीमध्ये ६ लाख ४९ हजार ७२ जना संक्रमित निको भइसकेका छन् । गएको २४ घण्टामा एक हजार ९९३ जना संक्रमित संक्रमण मुक्त भएका छन् ।

सक्रिय संक्रमितको संख्या ३० हजारको नजिक पुगेको छ । हाल २९ हजार ४४४ जना सक्रिय संक्रमित उपचाररत छन् । २६ हजार ६५२ संक्रमित होम आइसोलेसनमा छन् भने २ हजार ७९२ संक्रमित विभिन्न संस्थागत आइसोलेसनमा छन् ।

आइसीयूमा ६११ जना छन् भने तीमध्ये १६८ जना भेन्टिलेटरमा उपचाररत छन् ।

पछिल्लो पटक मृत्यु हुने मृतकको संख्या पनि ह्वात्तै बढेको छ । थप ३३ जना संक्रमितको मृत्यु भएसँगै कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ७९१ पुगेको छ ।

Categorized in राष्ट्रिय