arin enterprises

उपत्यकामा १२ सय बढि संक्रमित थप

SamacharDesk – बिकाश | २०७८ श्रावण २०, बुधबार

काठमाडौं उपत्यकामा पछिल्लो पटक हजारभन्दा माथि कोभिड १९ का नयाँ संक्रमितहरु भेटिएका छन् भने तीमध्ये काठमाडौंमा मात्रै ९ सय माथि रहेका छन् ।

उपत्यकामा एक हजार २७९ जना कोभिड १९ का नयाँ संक्रमित थप भएका छन् । काठमाडौंमा ९०८, ललितपुरमा २०६ र भक्तपुरमा १६५ जना नयाँ संक्रमित फेला परेका हुन् ।

उपत्यकामा हालसम्म २ लाख ८५ हजार ९३२ जना कोभिड १९ बाट संक्रमित भइसके ।

तीमध्ये २ लाख ७३ हजार २६८ जना संक्रमित निको भइसकेका छन् । गएको २४ घण्टामा उपत्यकामा कोभिड संक्रमण निको हुनेको संख्या ६९० रहेको छ ।

पछिल्लो समयमा उपत्यकामा ७ जना संक्रमितको मृत्यु भएको छ । काठमाडौंमा र ललितपुरमा २/२ जना र भक्तपुरमा ३ जना संक्रमितको मृत्यु भएको हो । उपत्यकामा कोभिड १९ संक्रमणका कारण २ हजार ९६७ जनाको मृत्यु भइसकेको छ ।

हाल उपत्यकामा ९ हजार ६९७ जना सक्रिय संक्रमित उपचाररत छन् । विभिन्न संस्थागत आइसोलेसनमा उपचाररत संक्रमितमध्ये जनरल एचडियू वार्डमा ८२५ जना छन् भने आइसीयूमा उपचाररत १९१ मध्ये ६२ जनालाई भेन्टिलेटरमा राखिएको छ ।

Categorized in समाज