arin enterprises

उपत्यकामा एक हजार ७५ संक्रमित थपिए

SamacharDesk – बिकाश | २०७८ श्रावण २१, बिहिबार

काठमाडौं उपत्यकामा पछिल्लो पटक कोभिड १९ का एक हजार ७५ जना संक्रमित थप भएका छन् । काठमाडौंमा ७६६, ललितपुरमा १६३ र भक्तपुरमा १४६ जना नयाँ संक्रमित भेटिएका हुन् ।

उपत्यकामा हालसम्म २ लाख ८७ हजार ७ जना कोभिड १९ बाट संक्रमित भइसके ।

पछिल्लो पटक ६९८ जना संक्रमित निको भएर घर फर्केका छन् । हालसम्म उपत्यकामा २ लाख ७३ हजार ९६६ जना संक्रमित संक्रमण मुक्त भइसकेका छन् ।

पछिल्लो पटक काठमाडौंमा ५ र भक्तपुरमा एक जना गरी उपत्यकामा ६ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म उपत्यकामा २ हजार ९७३ जनाको कोभिड संक्रमणका कारण मृत्यु भइसकेको छ ।

हाल उपत्यकामा उपचाररत सक्रिय संक्रमितको संख्या १० हजार ६८ रहेको छ ।

उपत्यकाका विभिन्न संस्थागत आइसोलेसनमा उपचाररत संक्रमितमध्ये ८९१ जना जनरल/एचडियू वार्डमा छन् भने आइसीयूमा रहेका १८८ मध्ये ६१ जना भेन्टिलेटरमा उपचाररत छन् ।

Categorized in समाज