३ हजार २१८ संक्रमित थप, एक हजार ७२२ निको
SamacharDesk – बिकाश | २०७८ श्रावण २३, शनिबार

नेपालमा कोभिड १९ का ३ हजार २१८ जना नयाँ संक्रमितहरु थपिएका छन् । पछिल्लो पटक गरिएको १३ हजार ५७३ वटा स्वाब नमूनाको परिक्षणमा ती संक्रमितहरु भेटिएका हुन् ।
८ हजार ८८६ आरटी पिसिआर परिक्षणमा २ हजार २३१ र ४ हजार ७०७ एन्टिजेन परिक्षणमा ९८७ जनामा संक्रमण पुष्टि भएको हो । तीमध्ये १० वर्षसम्मका बालबालिका ६१ जना छन् भने २०१ जना ११ देखि २० वर्ष उमेर समूहका छन् ।
हालसम्म नेपालमा ७ लाख ८० हजार ८०७ जना कोभिड १९ बाट संक्रमित भइसकेका छन् ।
गएको २४ घण्टामा संक्रमण मुक्त हुन सफल हुनेको संख्या एक हजार ७२२ रहेको छ । हालसम्म ६ लाख ६७ हजार २७० जना कोभिड १९ बाट संक्रमित निकाे भइसके ।
यस अवधिमा थप १९ जना संक्रमितको मृत्यु भएको छ । आजसम्ममा नेपालमा १० हजार ३८ जनाको कोभिड १९ संक्रमणका कारण मृत्यु भइसकेको छ ।
हाल ३५ हजार ४३२ जना सक्रिय संक्रमित उपचाररत छन् । ३२ हजार २७ जना संक्रमित होम आइसोलेसनमा छन् भने ३ हजार ४०५ जना विभिन्न संस्थागत आइसोलेसनमा उपचाररत छन् ।
७४६ जना आइसीयू कक्षमा छन् भने तीमध्ये १६९ जना भेन्टिलेटरमा उपचाररत छन् ।
Categorized in राष्ट्रिय