उपत्यकामा थप ९१० जनामा संक्रमण पुष्टि
SamacharDesk – बिकाश | २०७८ श्रावण २३, शनिबार

काठमाडौं उपत्यकामा कोभिड १९ का थप ९१० जना नयाँ संक्रमित भेटिएका छन् ।
पछिल्लो परिक्षणबाट देशैभरिबाट भेटिएका कोभिड संक्रमितमध्ये काठमाडौंमा ५९३, ललितपुरमा १८९ र भक्तपुरमा १२८ जना रहेका छन् । हालसम्म उपत्यकामा २ लाख ८८ हजार ६१८ जना कोभिड १९ बाट संक्रमित भइसकेका छन् ।
त्यस्तै निको हुनेको संख्या भने २ लाख ७५ हजार ४१२ रहेको छ । गएको २४ घण्टामा ७०४ जना संक्रमित संक्रमण मुक्त भएका छन् ।
यसै अवधिभित्र काठमाडौंमा एक र ललितपुरमा ३ जना गरी उपत्यकामा थप ४ जना संक्रमितको मृत्यु भएको छ । उपत्यकामा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या २ हजार ९८० पुगेको छ ।
हाल उपत्यकामा १० हजार २२६ जना सक्रिय संक्रमित उपचाररत छन् । विभिन्न संस्थागत आइसोलेसनमा उपचाररत संक्रमितमध्ये जनरल÷एचडियू वार्डमा ८३२ जना छन् भने आइसीयूमा उपचाररत २०१ जनामध्ये ६९ जना भेन्टिलेटरमा छन् ।
Categorized in समाज