arin enterprises

उपत्यकामा कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार

SamacharDesk – बिकाश | २०७८ श्रावण २६, मंगलबार

पछिल्लो समयमा काठमाडौं उपत्यकामा भेटिएका कोभिड १९ का नयाँ संक्रमितको संख्या एक हजार २ सयको नजिक रहेको छ ।

देशैभरीबाट भेटिएका नयाँ संक्रमितमध्ये एक हजार १८६ जना उपत्यकाबाट रहेका छ्न । काठमाडौंमा ७९५, ललितपुरमा २३९ र भक्तपुरमा १५२ जना संक्रमित भेटिएका हुन् ।

उपत्यकामा हालसम्म २ लाख ९१ हजार ७१४ जना कोभिड १९ बाट संक्रमित भइसके ।

यसै समयभित्र उपत्यकामा ९६३ जना संक्रमित कोभिड संक्रमणलाई परास्त गर्दै संक्रमण मुक्त भएका छन् । योसँगै उपत्यकामा संक्रमणमुक्त हुनेको संख्या २ लाख ७७ हजार ८०४ पुगेको छ ।

उपत्यकामा थप ८ जना संक्रमितको मृत्यु भएको छ । काठमाडौंमा ५ जना र ललितपुरमा ३ जना संक्रमितको मृत्यु भएको हो । योसँगै उपत्यकामा कोभिड १९ संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार पुगेको छ ।

उपत्यकामा होम आइसोलेसनको साथमा विभिन्न संस्थागत आइसोलेसनमा उपचाररत सक्रिय संक्रमितको संख्या १० हजार ९१० रहेको छ ।

उपत्यकाका विभिन्न संस्थागत आइसोलेसनमा उचपाररत संक्रमितमध्ये ८८२ जना जनरल/एचडियू वार्डमा छन् भने आइसीयूमा उपचाररत २०९ मध्ये ६३ जना भेन्टिलेटरमा छन् ।

Categorized in समाज