उपत्यकामा ९६४ संक्रमित थपिँदा ८१४ संक्रमण मुक्त
SamacharDesk – बिकाश | २०७८ श्रावण २७, बुधबार

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ९६४ जना कोभिड १९ का नयाँ संक्रमित भेटिएका छन् ।
पछिल्लो पटक गरिएको परिक्षणमा काठमाडौंमा ६६३, ललितपुरमा १९२ र भक्तपुरमा १०९ जना कोभिड संक्रमित भेटिएका हुन् । योसँगै उपत्यकामा कोभिड १९ बाट संक्रमित हुनेको कुल संख्या २ लाख ९२ हजार ६७८ पुगेको छ ।
गएको २४ घण्टामा ८१३ जना संक्रमित निको हुँदै घर फर्केका छन् । हालसम्म २ लाख ७८ हजार ६१७ जना संक्रमित संक्रमण मुक्त हुन सफल भइसकेका छन् ।
यसै अवधिभित्र उपत्यकामा ५ जना संक्रमितको मृत्यु भएको छ । काठमाडौंमा ४ र ललितपुरमा एक जना संक्रमितको मृत्यु भएको हो । योसँगै उपत्यकामा कोभिड १९ संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार ५ पुगेको छ ।
हाल उपत्यकामा रहेका सक्रिय संक्रमितको संख्या ११ हजार ५६ रहेको छ । उपत्यकाका विभिन्न संस्थागत आइसोलेसनमा उपचाररत संक्रमितमध्ये ८९१ जना जनरल÷एचडियू वार्डमा छन् भने आइसीयूमा उपचाररत २२४ जनामध्ये ६५ जना भेन्टिलेटरमा छन् ।
Categorized in समाज